नियम ९१
असुल तहसिल सम्बन्धी काममा न्यायाधीशको जिम्मेवारी
(१) अदालतको फैसलाले लागेको दण्ड, जरिबाना र कैदको लगत दुरूस्त राख लगाउने र सोही लगतबमोजिम असुल तहसिल गराउने अन्तिम जिम्मेवारी प्रमुख भै काम गर्ने न्यायाधीशको हुनेछ ।

(२) उपनियम (१) बमोजिम असुल तहसिल गराई बाँकी बक्यौता फछ्यौंट गरे नगरेको कुरा निरीक्षण प्रतिवेदनमा उल्लेख गरिनेछ ।